लण्डन। शान्ति नेपाली समाज बेलायतले दर्शकहरूको उल्लासमय सहभागितामा नयाँ वर्ष २०८० मनाएको छ ।
उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी र धर्मपत्नी श्रीमती सुनिता आचार्य विशेष अतिथीका रुपमा सहभागी थिए ।
संस्थाका अध्यक्ष प्रवीण खरालको सभापतित्वमा भएको कार्यक्रम आशन ग्रहणबाट सुरू भएको थियो । उक्त कार्यक्रम राजदूत आचार्य, अध्यक्ष खराल र संस्थापक अध्यक्ष काशिनाथ शर्माले दीप प्रज्वलन गरी उद्गघाटन गरेका थिए ।
संस्थाका उपाध्यक्ष रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य, राजदूत र अध्यक्ष प्रवीण खरालबाट शुभकामना मन्तव्यपछि औपचारिक कार्यक्रम समापन भएको थियो।
नेपालबाट आएका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु रमेशराज भट्टराई, सम्झना भण्डारी र करिश्मा ढकालको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमको माहोल अत्यन्त रमणीय बनेको थियो।
कार्यक्रममा स्थानिय कलाकार हरुले बिभिन्न नेपालको मौलिकता झल्काउने किसिमको नाचगान गरि उपस्थित सबै लाइ भरपुर मनोरञ्जन गराएका थिए ।मनमोहक बातावरणमा उपस्थित सबैमा नयाँ वर्षको सुभकामना आदान-प्रदान भएको थियो । 











