रुकुममा मतपेटिका बोकेको टोलीमाथी बम प्रहार

रुकुम- आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका बोकेको टोलीलाई लक्षित गरि बम प्रहार भएको छ ।

आइतबार बेलुकी ९:५० बजे चौरजहारी नगरपालिका-६, को घर्तीकाँडामा बम प्रहार भएको हो । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६,१०,११,१२,१३ र १४ नम्वर वडाका मतपेटिका बोकेको थियो । बम बाटो भन्दा केही माथी परेको थियो । बमले मतपेटिका र उक्त टोलीमा कुनै क्षति पुर्‍याएको छैन । बम प्रहारपछि उक्त मतपेटिकाहरु गए राती नै इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको छ ।

आजउक्त मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।