काठमाडौँ- साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि चक्कु प्रहार भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि चक्कु प्रहार गरेका हुन् । घाइते शर्माको साउदी अरब किङ फैसाल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आक्रमणबाट घाइते हुनुभएका शर्माको स्वास्थ्य अवस्था खतरामुक्त छ । मन्त्रालयले कूटनीतिक पदाधिकारीमाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।






