‘काँग्रेस तत्काल सरकारमा जाँदैन’

ramesh-lekhakचितवन- नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आफ्नो पार्टी प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनमा लाग्ने बताउनुभएको छ ।

काँग्रस संसद्को ठूलो दल भएका कारण प्रभावकारी रुपमा प्रतिपक्षको भूमिकामा बस्ने उहाँको भनाइ थियो ।

चितवनमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उहाँले तत्काल काँग्रेस सरकामा नजाने बताउनुभयो ।

काँग्रेसभित्रको आन्तरिक विवादलाई मिलाएर सबल र सक्षम पार्टी बनाउन अहिलेको नेतृत्व सक्षम रहेको उहाँले बताउनुभयो । लोकतन्त्रमा जित र हार हुने भए पनि कुनै मतभेद नराखी काम गर्न सभापति शेरवहादुर देउवा लागि पर्ने उहाँको भनाइ थियो ।