काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जितेको नेपाली टोली स्वदेश फर्किदैछ।
भारतको गुवाहटी भएको १२ औँ सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटवल टिम बुधबार अपरान्ह ३ बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
गुवाहाटीबाट बागडोरासम्म जहाजमा र बागडोराबाट भद्रपुर विमानस्थलसम्म बसमा आउनेछन्। त्यसपछि झापाको भद्रपुरबाट भने खेलाडीहरुलार्इ प्लेनमा काठमाडाैं ल्याइने छ। नेपाली टोली अपरान्ह ३ बजे त्रिभुवन विमानस्थल आइपुग्नेछन्।
खेलाडीहरुलाई एन्फाले विमानस्थलको डोमेस्टिक टर्मिनलमा भब्य स्वागत गरिने एन्फाले जनाएको छ। उनीहरुलाई नगर परिक्रमा गराएएर त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लगिने एन्फाले जनाएको छ।
नेपालले सन् १९९३ पछि सोमबार १२ औँ साग फुटबलमा स्वर्ण पदक हात पारेको थियो।






