१३ गतेभित्रै संविधानको मस्यौदा

एकीकृत नेकपा माओवादीले आषाढ १३ गतेसम्म मस्यौदा तयार पार्ने गरी संविधान निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शुक्रबार बिहान बसेको एकीकृत माओवादी पदाधिकारी बैठकले पार्टीको सबै शक्ति संविधान निर्माणको काममा लगाउने भन्दै १३ गतेभित्र मस्यौदा बनाउन सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकमा नेता डा. बाबुराम भट्टराईले मस्यौदा समितिमा अहिलेसम्म भएका छलफल र प्रगति विवरण प्रस्तुत गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कार्यदलले मस्यौदा समितिको बैठकमा बुझाएको प्रतिवेदनकाबारेमा समेत छलफल भएको थियो ।