काठमाडौ- नेपाललाई इन्धन बेच्ने एकमात्र संस्था इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि मात्रै मागअनुसार ग्यास दिनसक्ने संकेत गरेको छ।
सबै नाका खुलेपनि आईओसीले मागको आधामात्र ग्यास बुलेट लोड गर्दै आएको छ। प्रधानमन्त्री फागुन ७ देखि भारत भ्रमणमा जाँदैछन्।
आईओसीले माथिल्लो तहबाट निर्देशन नभएको भन्दै तत्काल मागबमोजिम ग्यास लोड गर्न अस्वीकार गरेको नेपाली पक्षले जनाएको छ। आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउन निरन्तर ताकेता गरिरहेका छन्।






