लन्डन । क्षेत्रि समाज यूकेको अध्यक्षमा धन बहादुर कुँवर निर्विरोध भएका छन् । शनिवार सम्पन्न समाजको अधिवेशनले कुँवर सहित २१ सदस्सीय कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा टेक बहादुर जीसी, महासचिव राजन कुमार क्षेत्री, सचिव कुमार केसी, कोषाध्यक्षमा गोबिन्द महत, , सह-कोषाध्यक्ष सुश्री सेविका जीसी, महिला संयोजक श्रद्दा थापा,संस्कृतिक सचिव दिल बहादुर जीसी, संचार संयोजक नरेन्द्र बस्नेत चयन भए । यस्तै सदस्यहरुमा ललित कुमार न्यौपाने, कृष्ण थापा, श्रीमती माया केसी, चन्द्र कार्की,उत्तम खत्री,यम भण्डारी, मनिष खड्का, पदम विर्ख रावल, श्रीमती प्रतिमा केसी, इन्द्र क्षेत्री र टोप बहादुर रावत निर्विरिध भए ।
सो साधारणसभमामा समाजका अध्यक्ष्य प्रेम बहादुर खड्का, संरक्षक ध्रुव केसी, महासचिव टेक बहादुर जीसी, पुर्व अध्यक्ष्य भीम बानिया र रामशरण सिंखडाले संस्थाको बिगतको कामबारे समिक्षा गर्दै भाबी कार्यभार बारे मन्तब्य ब्यक्त गरेकी थिए। महासचिव टेक बहादुर जीसीले दुर्इ वर्से अवधिको सम्पूर्ण विवरणहरु प्रस्तुत गरेका थिए ।
समाजलाई अझ बढी गतिशील र प्रभावकारी बनाउंदै लैजाने बाचासहित पूरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेको थियो । नब निर्वाचित अध्यक्ष धन कुबरले आगामी २ बर्षको लागी १० बुंदे आफ्नो प्रतिबद्दता सार्बजनिक गरेको थिए ! सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।
बेलायतको रेडिंगमा भएको उक्त अधिवेशनको उद्घाटन समाजका सम्रक्ष्यक ध्रुव केसी र समाजकै अध्यक्ष्य प्रेम खड्काद्वारा सयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो ।








