कुनै ग्रह उपग्रहबाट आएको दबाब मान्य छैन : उपराष्ट्रपति पुन

gjlgjf{rLt pk/fi6«klt gGbaxfb'/ k'g clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;
gjlgjf{rLt pk/fi6«klt gGbaxfb’/ k’g clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरु राजनीतिक समस्या समाधान गर्न सक्षम भएकाले बाहिरबाट कसैले दबाब दिन नहुने बताएका छन् ।
कुनै ग्रह उपग्रहबाट आउने निर्देशन नेपालीलाई मान्य नहुने पनि उनले बताए ।
भारत र युरोपेली संघले नेपालको संविधानमा समयसीमा निर्धारण गरेर संशोधन गर्नुपर्ने बुँदासहितको संयुक्त विज्ञप्ति जारी गरेको पृष्ठभूमिमा मुलुकका उपराष्ट्रपतिबाट यस्तो अभिव्यक्ति आएको हो ।

संविधानप्रति कोही कसैका कुनै गुनासा वा असन्तुष्टि छन् भने नेपालीहरु आफ्नो समस्याको व्यवस्थापन गर्न आफै सक्षम छन् । संविधान संशोधन वा परिमार्जन गर्न पनि नेपालीहरु सक्षम छन्,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले भने, ‘यसका लागि कसैको दबाब वा निर्देशन आवश्यक छैन ।’

उपराष्ट्रपति पुन मूर्तिकार भुवन थापाको एकल चित्रकला प्रदर्शनीको उद्घाटनका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । आरम्भ नामक कलाकारहरुको समूहले कार्यक्रम आयोजना गरेका हुन् ।