अल्ट्रा स्काई म्याराथन वर्ल्ड सिरिज २०१५ की उपविजेता मीरा राईले ३७.४ किलोमिटरको ‘थ्री पिक्स’ दोस्रो स्थानमा टुंग्याउँदै बेलायतमा शनिबार नयाँ सिजन २०१६ को सुरुआत गरेकी छन् ।
भोजपुरकी उनको सिजनको पहिलो रेस भएपनि थ्री पिक्स अल्ट्रा स्काई म्याराथन वर्ल्ड सिरिज २०१६ को प्रतियोगिता भने होइन ।
वर्ल्ड च्याम्पियन बन्ने लक्ष्य लिएकी उनले यसपाली सिरिजअन्तर्गतका ७ मेमा ७५ किमिको ट्रान्स–भुल्कानिया (स्पेन), ४ जुनमा ५५ किमिको अल्ट्रा स्काइम्याराथन (पोर्चुगल) र २४ सेप्टेम्बरमा १ सय १० किमिको अल्ट्रा पिरिनेउ (स्पेन) दौडने योजना बनाएकी छन् ।
उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि सहभागि हुनेछिन् ।






