मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो !

NARENDRA-modi-in-kathmanduकाठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दिइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी बुद्ध जयन्तीका अवसरमा हुने विशेष समारोहमा भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने जानकारी दिएका छन् ।

पोखरेलले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह बमोजिम नै भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गर्न भारत जान लागेको बताए । उनले भारत भ्रमणको मिति भने तय भइनसकेको उल्लेख गरे ।