पपस्टार ब्रिट्नीलाई किन सामान्य लाग्छ नांगै हुन ?

एजेन्सी, २५ पुस– पपगायिका ब्रिट्नी स्पेयर्सको गायनकला जति ओजपूर्ण छ, उनको निजी जीवन त्यतिकै विवादास्पद । गायिकाको रुपमा आफ्नो चिनारी बनेपछि यस्तो कुनै कालखण्ड छैन जहाँ उनी विवाद र चर्चामा नआएकी हुन् ।

britney-spears

उन्माद शैलीकी ब्रिट्नीले प्रेम, सेक्स, विवाह त सामानय हो भन्ने प्रमाणित गरेकी छन् । किति जनासँग रोमान्स गरिन्, कति जनासँग उनको नाम जोडियो कुनै लेखाजोखा छैन । आफ्नो गायन यात्रा भने उनले कहिल्यै कमजोर हुन दिएकी छैनन् । अहिले पनि विश्वमा गीतसंगीतबाट धेरै आम्दानी गर्ने गायिकामा पर्छिन उनी ।

स्टेज प्रस्तुतिमा सधै विविधता खोज्ने ब्रिट्नीकहिले सर्पको माला लगाएर स्टेजमा देखा पर्दछिन् त कहिले कपाल खौरिएर । एक पटक स्टेज प्रस्तुतिका क्रममा सार्वजनिक रुपमै अर्की गायिका म्याडोनासँग ‘टङ किस’ गरेर उनीहरु विवादमा आए ।

ब्रिट्नी ‘ब्युटी अफ बडी’को पक्षमा भएकाले नग्नता उनलाई समान्य लाग्छ । उनको चर्चित गीत ‘आइ एम स्लेभ फर यु’ को भिडियोमा लगभग नांगै देखिएकी छिन् ।