फागुनमा मिष्टर नेपाल हुने

काठमाडौ । मिस्टर नेपाल प्रतियोगिताको १३ औ संस्करण आगामी फागुनमा हुने भएको छ । आयोजक एक्सपोज नेपालले एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगिताको जानकारी दिएको हो । फागुनमा आयोजना हुने यसवष मिष्टर नेपाल प्रतियोगिताका लागि आयोजकले आवेदन समेत खुला गरेको छ । युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउन यो प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुसगरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडी वढाउन प्रतियोगीताले सहयोग पुर्याउने बिश्वस आयोजकको छ । १८ बर्ष देखि ३५ बर्ष ननाघेका जुनै पेसामा पनि आवद्ध युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । देशका प्रमुख शहर काठमाडौ ,पोखर, बिराटनगर, चितवन, धरान लगायतका स्थानबाट पहिलो चरणको अडिसन हुनेछ । पहिलो चरणको अडिसनबाट छानिएर आएका प्रतियोगीलाई अन्तिम सपर्धाका लागी स्विमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गुरमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण  दिइने छ । प्रतियोगिताको आवेदन फारम आइतबारदेखि वितरण्ँ हु“दैछ । सहभागि हुन चाहनेले कुपन्डोल स्थित एक्सपोज नेपाल डटको कार्यलय तथा वेवसाइटबाट सहभागीता जनाउन सक्नेछन् । प्रतियोगीतामा शिर्ष सहित १६ विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका चलचित्र ,म्युजिक भिडीयो अभिनय अवसरका साथै बिभिन्न पुरस्कार पाउने बताइएको छ ।