काठमाडौं, – भारतीय क्रिकेटका सर्वाधिक सफल खेलाडी सचिन तेन्दुल्कर अब नायक बन्ने भएका छन् । आफ्नो जीवनीमा आधारित चलचित्रमा तेन्दुल्कर आफै नायक भएर पर्दामा देखिने भएका हुन् ।
टाइम्स अफ इन्डियाका अनुसार टु हन्ड्रेड नटआउट नामक कम्पनीले वल्र्ड स्पोर्ट ग्रुपका लागि चलचित्र बनाउने छन् । गत वर्ष मात्र क्रिकेटबाट सन्यास लिएका तेन्दुल्करको चलचित्र छिट्टै २ हजार स्क्रिनमा रिलिज हुने बताइएको छ । रिपोर्टका अनुसार लण्डनका निर्देशक जेम्स एर्सकाइनले उक्त चलचित्रको निर्देशन गर्ने छन् । चलचित्रको काम शुरु भएको एक वर्ष भइसकेको छ ।
यसअघि बुस्ट लगाएको विज्ञापनमा सचिनले अभिनय गरिसेका छन् । अजय जडेजा, विनोद काम्ली र सलिल अन्कोला लगायतका क्रिकेटरले बलिवुडमा प्रयास गरे पनि सफल हुन सकेनन् ।






