लन्डन– बीपी चिन्तन प्रतिष्ठान बेलायतको संयोजकमा कुश बस्नेत मनोनीत भएका छन् । ![1552794_801605039866592_2084155139_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/1552794_801605039866592_2084155139_n1.jpg)
रेसुंगा बहुमुखी क्याम्पस गुल्मी, आरआर क्याम्पस हुँदै नेपाल विद्यार्थी संघमा लामो समयदेखि नेपाल बिधार्थी सघ बाट परिचित बस्नेत नेपाली जनसम्पर्क समिति बेलायतमा पनि उतिकै सकृय छन् । गुल्मी स्थायी घर भएका बस्नेत पछिल्लो समय बेलायत बस्दै आएका छन् ।उनी नेविसंघ बेलायतका कार्यवाहक अध्यक्ष समेत हुन् ।
प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई र महासचिव देवेन्द्र प्रकाश पौडेलले हस्ताक्षर गरेको पत्रमा बस्नेतलाई बेलायत संयोजक तोक्दै उनीबाट प्रतिष्ठानले आफ्नो उद्देश्य प्राप्तिको दिशामा ठूलो फड्को मार्ने अपेक्षा गरेको उल्लेख छ ।
प्रतिष्ठान नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन्त्र र समाजवादका प्रवर्तक जननायक वीपी कोइरालाको विचार जनस्तरसम्म पुर्याई नेपाललाई एउटा सवल, स्वच्छ र समृद्ध समाजको रुपमा रुपान्तरण गर्ने उद्देश्यद्वारा प्रेरित भएको पत्रमा उल्लेख छ ।
प्रतिष्ठानको बेलायत संयोजक भएलगत्तै लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा आफन्तजन साथीभाई सबैलाई धन्यवाद सहित, सबैबाट साथ पाउने पुर्ण बिश्वास सहित बस्नेतले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।






