ल्हारक्याल लामा ३० लाख धरौटीमा रिहा

lyarkyal
काठमाडौं- ठगी आरोपमा पक्राउ परेका एकीकृत नेकपा माओवादीका निलम्बित सांसद ल्याहारक्याल लामा ३० लाख धरौटीमा रिहा भएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा १४ थान गोलीसहित पक्राउ परेका लामा धरौटीमा रिहा भएलगतै फेरी पक्राउ परेका थिए । पक्राउ परेका लामालाई वैदेशिक रोजगार विभागले ३० लाख धरौटीमा छोडेको छ । केही युवालाई विदेश पठाई दिने बहानामा उनले २ करोड ठगेको आरोप लागेको छ । ठगीको उजुरी परेपछि बैदेशिक रोजगार विभागले दुई बर्षअघि पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

लामाको मंगलबार दिनभर बयान लिने काम भएको थियो । बयान लिइसकेपछि ३० लाख धरौटी रकम मागिएको थियो । मागिएको धरौटी रकम बुझाएर उनी रिहा भएका छन् ।

रिहा भएलगतै आफुलाई सुनियोजितरुपमा फसाएको लामाले बताएका छन् । ‘म सवै कुरा पत्रकार सम्मेलन गरेर भन्छु’ उनले भने ।