लण्डन।
नेपाल देखि बेलायत भ्रमणमा आउनु भएका बौद्ध अर्घौ सदन पोखराका प्रमुख लामा तथा तमु (गुरुङ) लामा बौद्ध धर्म समाजका अध्यक्ष लामा गुरु आचार्य श्रीलामा गुरुङलाई तमु समाज युकेले एक बिषेस कार्यक्रम आयोजना गरि स्वागत तथा सम्मान गरेको छ। ![12834680_10205836763627118_237409137_n[2]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/12834680_10205836763627118_237409137_n2.jpg)
रारा केटरिङको सभाहल राईस्लिप लण्डनमा ४ मार्च २०१६ का दिन आयोजना गरिएको उक्त कार्यक्रममा तमु समाज युकेको अध्यक्ष अर्जुन कुमार गुरुङले आचार्य श्रीलामा गुरुङलाई समाजको खादा लगाई मायाको चिनो स्वरुप प्लेक प्रदान गरेर स्वागत तथा सम्मान गर्नुभएको थियो।
तमु समाज युकेका कार्यसमितिका सदस्यहरु, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निबर्तमान अध्यक्ष शिबशरण गुरुङ लगायत अन्य सल्लाहकारहरु र आमा समुहको अध्यक्ष श्रीमती माया गुरुङ लगायत अन्य आमाहरुको बिषेस उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन महासचिब ज्ञान बहादुर गुरुङले गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि आचार्य श्रीलामा गुरुङलाई आमा समूहको तर्फबाट तमु समाज युके आमा समूहको अध्यक्ष श्रीमती माया गुरुङले फुलको गुच्छा र खादा लगाई स्वागत गर्नु भएको थियो र अन्य उपस्थित सबैले पनि खादा लगाई स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रमको मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि आचार्य श्रीलामा गुरुङले बौद्ध दर्शनको मूलमन्त्र र उदेश्य, तमु संस्कार, संस्कृति र परंम्परामा बौद्ध धर्मको ऐतिहासिक सम्बन्ध, बौद्ध अर्घौ सदन पोखरा, बृहत बौद्ध गुम्बा निमार्ण परियोजना र यसमा संचालित बौद्ध धर्मा शिक्षा प्रशिक्षणको भावि योजना बरेमा प्रकास पार्नु भएको थियो।
यसैगरि मनतब्य राख्ने क्रममा अध्यक्ष अर्जुन कुमार गुरुङले उपस्थित सबैलाई धन्यबाद दिदै, संस्थाको संक्षिप्त परिचय र तमु समाज युकेले गरिरहेका बिबिद सामाजिक तथा परोपकारि कार्यहरु र तमु भाषा, संस्कार र संस्कृतिको संम्रक्षण र सम्बर्धनको निम्ती संस्थाले गरिरहेका कृयकलापहरुको बरेमा संक्षिप्त जानकारि गराउनु भएको थियो।
उक्त कार्यक्रममा तमु (गुरुङ) लामा बौद्ध धर्म समाजका बेलायत प्रतिनिधी तथा देवाचन बुद्धिस्ट सेन्टर युकेका प्रमुख लामा गुरु लामा धरम गुरुङलाई वहाँले बेलायति तमु तथा नेपाली समुदयमा समाजिक सेवा र धार्मिक कृयकलापहरुमा गर्नुभएको अतुलनिय योगदानको उच्च कदर गर्दै संस्थाको तर्फ बाट अध्यक्ष अर्जुन कुमार गुरुङ र आमा समूहको अध्यक्ष श्रीमती माया गुरुङले फुलको गुच्छा र खादा लगाई सम्मान गरिएको थियो। साथै लन्डन नेपाल न्यूज डट कमका डिरेक्टर कासीराज बोहोरा को पनि उपस्थिती रहेको थियो।
यसै अवसरमा लामा धरम गुरुङ तथा वहाँका धर्मपत्नि डोल्मा चिजा गुरुङले आभार प्रकट गर्दै तमु समाज युके सामाजिक भवन खरिद परियोजनाको सहयोगार्थ आर्थिक सहयोग एक हजार एकसय एघार पाउन्ड प्रदान गर्नुभई हाउजिङ संयोजक तथा सल्लाहकार सुबासिङ गुरुङ बिईएम र कोषाध्यक्ष उदय गुरुङलाई सहयोग दान रकम हस्तान्तरण गर्नुभएको थियो।
अन्तमा जलपान सहित भोजन ग्रहण गरि फोटोग्राफर यम गुरुङ बाट सबैको समुहिक फोटो खिचेर कार्यक्रम बिसर्जन गरिएको थियो।![12833438_10205836762547091_1239656594_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/12833438_10205836762547091_1239656594_n1.jpg)
![12376763_1131491876884414_7593755327543518100_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/12376763_1131491876884414_7593755327543518100_n1.jpg)






