ओलीले गरे भक्तपुरबाट मतदान

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन अन्तर्गत आइतबार भक्तपुरको बालकोबाट मतदान गरेका छन् ।

झापाबाट मतदाता नामवाली सारेका उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट केही बेरअघि मतदान गरेको उनको स्वीकय सचिवले जानकारी दिए।

मतदान पछि संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष ओलीले स्थानीय तहबाटै सरकार संचालनका लागि जनप्रतिनिधि चुन्न भईरहेको निर्वाचनको निकै ठुलो महत्व रहेको भन्दै मतदानमा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।

ओली नेकपा एमालेबाट झापा क्षेत्र नं ७ का सांसद हुन् ।

ओलीले यसअघि झापाको शरणामती–६ मा मतदान गर्दै आएका थिए ।