पहिलो चरणको निर्वाचन अन्तगर्त आज साढे १० बजेसम्म २० देखि ४२ प्रतिशतसम्म मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
१०:३० बजेसम्म सवैभन्दा बढी मतदान मनाङमा भएको छ । जहाँ ४२ प्रतिशत मत खसेको छ ।
कास्की र बाग्लुङमा ३५ प्रतिशत मत खसेको छ ।
स्याङजामा र मुगुमा ३० प्रतिशत मत खसेको छ । रुकुममा २५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले मतदानन शान्तिपूर्ण र उत्साहपूर्ण छ ।
आयोगले कुनै पनि मतदान केनद्रको मतदान कार्य स्थगित नभएको जनाएको छ ।







