कांग्रेस महाधिवेशन : अन्ततः दोस्रो चरणको मतदान

sher-bahadur-deuba-ramchandra-paudelकाठमाडौँ- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदको दोस्रो चरणको मतदान सुरू भएको छ । २ बजेदेखी हुने भनिएको मतदान करिब १ घण्टा पछि मात्र सुरू भएको हो । मतदान गर्नका लागि प्रतिनिधीहरू लामबद्ध भएका छन् ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति पदको दोस्रो चरणको निर्वाचनको प्रक्रिया सुरू भएको छ । आइतबार भएको मतदानमा कुनै पनि पक्षको स्पष्ट बहुमत आउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।

मतदानका लागि मतदाताहरू लाइनबद्ध भएका छन् । नेपाली कांग्रेसका सभापति पदका लागि पार्टीका निवर्तमान सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिष्पर्धा हुन लागेको हो ।
नेतृत्वका लागि आइतबार भएको मतदानमा सभापतिका तीन उम्मेदवार पौडेल, देउवा र कृष्णप्रसाद सिटौलामध्ये पौडेल र देउवा पहिलो र दोस्रो स्थानमा रहेका कारण उनीहरूबीच प्रतिष्पर्धा निश्चित भएको हो ।

नेता देउवाले १५ सय ६४ मत प्राप्त गरेका थिए । उनलाई सभापति बन्नका लागि १५ सय ७५ मत आवश्यक थियो । सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याएर दोस्रो भएका छन् भने निवर्तमान महामन्त्री सिटौलाले मात्र ३ सय २४ मत प्राप्त गरेका छन् । यस्तै, १ सय मत बदर भएको छ ।