वैद्य नेतृन्वष्को माओवादीले माघ ८ गते जारी गर्न लागिएको संविधानप्रति विरोध जनाउँदै माघ ३ गते आम हड्तालको घोषणा गरेको छ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आमहड्ताल घोषणा गरेको केही दिनमै नेकपा–माओवादीले पनि आम हड्तालको घोषणा गरेको हो ।
प्रचण्ड नेतृत्वको मोर्चाले भने दुईदिनपछि ५ गते आम हड्ताल घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय वुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादीले संविधानसभाबाट संविधान ल्याउन नदिने भन्दै आम हड्तालको घोषणा गरेको हो ।
माओवादीले पुस २४ गतेसम्म आन्दोलनको तयारी गर्ने, २५ गते पूर्वाञ्चल, २७ गते पश्चिमाञ्चल, २८ गते मध्यपश्चिमाञ्चल, २९ गते मध्यमाञ्चल बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै माघ २ गते सबै जिल्ला सदरमुकाममा राँके जुलुस निकाल्ने, माघ ३ गते देशब्यापी आमहड्ताल गर्ने महासचिव रामबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौंमा सोमबार सकिएको प्रथम राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपा–माओवादीले फागुन १ गते खुलामञ्चमा जनसभा गर्ने घोषणा पनि घोषणा गरेको छ ।
बैद्य माओवादीद्वारा नेपाल बन्दको घोषणा






