सभापति पदका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने, ११ मतले देउवाको बहुमत पुगेन

congress bandकाठमाडौं- नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कसैले ५०% + १ मत नल्याएको कारणले पुन: नेता शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच निर्वाचन हुने भएको छ।

११ मतको कमीले देउवा पहिलो चरणमै सभापति हुनबाट बञ्चित भएका हुन्।

सभापति पदकालागि निर्वाचित हुन कम्तिमा १ हजार ५ सय ७५ मत प्राप्त गर्नु पर्ने स्थितिमा देउवाले १५६४ मत मात्र प्राप्त गर्दा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा देउवा र पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो चरणको निर्वाचन सोमबार बिहान १० बजे हुने भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ।

अन्तिम मत परिणाम
शेरबहादुर देउवा- १५६४
रामचन्द्र पौडेल- ११६०
कृष्णप्रसाद सिटौला- ३२४
बदर- १००