मकर सङ्क्रान्ति पर्व आज बिहानैदेखि कालीगण्डकी नदीमा स्थान गर्नेको भीड लागेको छ । बिहानैदेखि कालीगण्डकी, रघुगङ्गामा स्नान गरी भक्तजनहरूले धार्मिक विधिपूर्वक पूजापाठ गरिरहेका छन् । हिजो बेलुकीदेखि नै कालीगण्डकीमा स्नान गर्न टाढाटाढादेखि भक्तजनहरू बेनी आएका थिए ।
खासगरी आजका दिन धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गरेकाले दिन लामो हुने र रात छोटो हुँदै जाने धार्मिक विश्वास छ । आजका दिन मैथिल समुदायहरू नयाँ वर्षको शुभारम्भको रूपमा पनि यो पर्व मनाउने गर्छन् । यस दिन आमाबुबाले आफ्ना छोराछोरीलाई तिल खुवाएर आशिष दिने परम्परा रहिआएको छ । आजका दिन घरघरमा खिचडी, तिल, घ्यू, मुडीका लड्डुका साथै विभिन्न किसिमका तरकारी खाने चलन रहेको छ ।
कालीगण्डकीमा मकर सङ्क्रान्ति स्नान गर्नेको भीड






