पौडेल समूहबाट सीतादेवी यादव कोषाध्यक्ष

sitadevi-yadav-650x325काठमाडौं- नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल समूहले कोषाध्यक्षमा सिरहाकी सांसद सीतादेवी यादवलाई उम्मेदवार बनाएको छ।

शुक्रवार विहान भएको पौडेल समूहका नेताहरुको छलफलले कोषाध्यक्षमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद पनि हुन्।

कोषाध्यक्षकी उम्मेदवार बनेकी यादव सिरहाकी पूर्व पार्टी सभापति पनि हुन्। यादवले दुई कार्यकाल सिरहा जिल्ला सभापति भएर काम गरिसकेकी छिन्। २०५८ सालमा पार्टी विभाजन हुँदा संस्थापन पक्षबाट जिल्ला सभापति हुने यादव पहिलो नेतृ हुन्।

शेरबहादुर देउवा समूहले पनि सिरहाकै चित्रलेखा यादवलाई कोषाध्यक्ष बनाएको छ ।