कोषाध्यक्ष हुन नपाएपछि मन्सुर देउवा समूहतिर

mansurकाठमाडौं- संस्थापन समूहका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर बरिष्ठ नेता शेरबहादुर देउवाको क्याममा प्रवेश गरेका छन्।

कार्यबाहक सभापति रामचन्द्र पौडेल पक्षले कोषाध्यक्षमा संस्थापन पक्षबाट दाबी गरेका मन्सुरलाई संस्थापन पक्षले उम्मेदवार नबनाउने भएपछि असन्तुष्ट हुँदै क्याम्प परिवर्तन गरेका हुन्।

आफूले पार्टीलाई सबल र सक्षम बनाउन देउवालाई नै सर्वसम्मतीबाट सभापति बनाउनु पर्छ भन्ने प्रस्ताव राखेपनि त्यो सम्भव नभए देउवालाई नै सभापतिमा जिताउन आफू क्याम्पमा प्रवेश गरेको बताए।

घोषणापछि देउवाले माला लगाइदिएर मन्सुरलाई स्वागत गरेका थिए। देउवाले माला लगाएर स्वागत गरेपछि मन्सुरले पनि देउवालाई माला लगाइदिएका थिए।