लन्डन- दुवै मृगौला फेल भएका गुल्मीको हरेवा गा वि स वडा नम्बर ७ अरजेवा निवासी श्री भक्त व गुरुङको छोरा बर्षका २८ दीपक गुरुङको अवस्था चिन्ताजनक भएको छ ।
गम्भीर अवस्थामा उपचाररत २८ वर्षीया गुरुङको उपचारमा खर्च अभाव भएको भन्दै बेलायतबाट पनि सहयोग संकलन थालिएको संस्थापक एवं निवर्तमान अध्यक्ष ओमप्रसाद थापाले जानकारी दिनुभयो । गुल्मी जिल्ला समाज यूकेले गुरुङको उपचारमा सहयोग गर्न अपिल गरेको छ ।
समाजले गुरुङकी श्रीमती पनि गर्भवती रहेको अवस्थामा परिवारमा आएको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सहयोग गर्न गुल्मेलीसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई अपिल गरेको छ ।
सहयोगका लागि संस्थापक एवं निवर्तमान अध्यक्ष ओमप्रसाद थापा, संस्थापक सदस्य मान गुरुङ र कोषाध्यक्ष टोप पल्लीलाई सम्पर्क गर्न सकिने समाजद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । संस्थापक एवं निवर्तमान अध्यक्ष थापालाई ०७८८६९२८४३०, गुरुङलाई ०७८०९८९९०२७ तथा पल्लीलाई ०७७६६११८५४ मा सम्पर्क गर्न सकिनेछ । रकम निम्न अनुसार जम्मा गर्न सकिने छ- Mr M B Gurung Barclys bank S/C 20-22-67 A/C 10984078
बेलायत बाहिर रहनुभएका सहयोगी दाजुभाइ तथा दिदी बहिनीले पीडितका दाजु पदमबहादुर गुरुङको मोबाइल नम्बर ९८४७५५८२२८३ मा सम्पर्क गरेर ग्लोबल आईएमई बैंकको खाता नम्बर ४७०७०१०००५३१३ मा रकम जम्मा गर्न सकिने छ ।
यस दुखद समय मा सहयोग को हार्दिक अपिल सहित बिष्व भरी छरीएर बस्नु भएका हामी हिर्दयका र आत्माका धनी सम्पुर्ण गुल्मीली ज्यु हरू साथै समाजका अध्यक्षअर्जुन गौतम, महासचिव राम गलामी सांथै कार्यसमितीका साथीहरू साथै बेलायत बासी साथै अन्य नेपाली दाजुभाई दिदीबहीनीहरू मा हरू मा हार्दिक अपील गर्दछौ । (ओमप्रसाद थापा सस्थापक निबर्तवमान अध्यक्ष गुल्मी जि.स.युके) ।







![12765736_10205767852544384_311732696_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12765736_10205767852544384_311732696_o1-1024x614.jpg)