लण्डन बाट गायिका सुजाताको गोर्खाली चेली गुन्यो चोलीमा’तीज गीत”(भिडियो सुटिङ )

लण्डन । बेलायतमा तीज गीत (मत हजुर नेपाली) गुन्यो चोलीमा गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । उक्त गीतको म्यूजिक भिडियो हाल बेलायतका विभिन्न स्थानमा सुटिङ भएको छ ।

बेलायतमा रहेर नेपाली लोक गीत सगींत क्षेत्रमा सक्रिय सुजाता काफ्लेले उक्त म्यूजिक भिडियो छिट्टै दर्शकमाझ ल्याइने जानकारी दिइन्। भिडियोमा नेपाली मौलिक संस्कृति सगैं गोर्खाली चेली गुन्यो चोलीमा शब्दहरुले तिज गितलाई निकै रमाईलो बनाएको छ ।

गीतमा नेपालका चर्चित गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका सुजाता काफ्लेले स्वर दिएकी छन् भने शब्द बिनोद ढकालको रहेको छ।

बुधवार बेलायतको वार्टफोर्ट स्थित कृष्ण मन्दिरमा छायाकंन हुँदै गरेको गीतको म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फस्र्ट रनर अप खड्क बहादुर पुन मगर (खबपु) गायक एवम् डान्सर निर आले, नृत्यमा प्रतिष्ठा त्रिपाठी, ,ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ।
कोरियोग्राफर तथा निर्देशकको रुपमा स्थापित कलाकार तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका एबम नेपाली गीतसगींतमा निरन्तर सक्रिय सरु राना गुरुङको रहेको छ ।

म्यूजिक भिडियोको छायाकंन सुमन श्रेष्ठले गरेका छन् ।भिडियोलाई बेलायतको वाटफोर्ड स्थित कृष्ण मन्दिर लगाएत बिभिन्न स्थानमा छायाकंन गरिएको छ ।

प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरी प्रति गर्व गरेको विषय समावेश गरिएको छ । गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ ।

बेलायतमा नेपाली मौलिक तीज गीतको संरक्षण गर्दै दिदी बहिनीहरुलाई तीज मनाउन प्रेरित गर्ने उदेस्यले तिज गित ल्याएको गायिका सुजाता काफ्लेले सुटिङ स्थलमै लन्डन नेपाल न्युज संगको कुराकानीमा बताइन् ।

आफ्नो गीतले दर्शक र श्रोताको मन जित्न सफल हुनेमा सुजाताले कामना गरेकी छन । तीजको अवशरमा सम्पूर्णलाई छमछमी नचाउन र माया प्रेमका भावहरु एक आपसमा साटासाट गराउने उद्देश्यले आफुले सो गीतको निर्माण गरेको सुजाताको भनाइ छ ।यसअघि गायिका काफ्लेको ऐँसेलुमा म्यूजिक भिडियोले निकै चर्चा कमाउन सफल भएको थियो ।

म्यूजिक भिडियोको सुटिङ हेर्नुस