चितवन–शिक्षामन्त्री धनिराम पौडेलले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नै संविधान कार्यान्वयन र चुनाव गराउने बताएका छन् ।
चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा शिक्षामन्त्री पौडेलले राजनीतिक स्थायित्वका र संविधानको कार्यान्वयनका लागि वर्तमान सरकारले काम गर्नेमा ढुक्क हुन आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका समानुपातिक सासंद समेत रहेका पौडेलले राज्यले शिक्षा क्षेत्रमा गरेकोलागानीको प्रतिफल सन्तोषजनक नरहेको प्रति चिन्ता व्यक्त गरे ।
पौडेलले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयहरुको स्तर कमजोर रहेको भन्दै त्यसलाई आफ्नै कार्यकालमा सुधार गर्ने दाबी गरे ।
उनले शैक्षिक अवस्था सुधारको लागि दरबन्दी समायोजन गर्ने उल्लेख गरे गर्दै बैकल्पिक शिक्षा प्रणालीका लागि चितवनबाट आफूले राजनीति सुरु गरेको समेत स्मरण गरे ।






