समानुपातिक प्रतिनिधित्वमा संविधान अझै चुकेको छः भट्टराई

baburam bhattaraiचितवन- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान आए पनि सबै जातिको समानुपातिक प्रतिनिधित्व अझै सुनिश्चित् हुन नसकेको बताउनुभएको छ ।

नेपाल कुमाल सुधार समितिको छैटौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार भरतपुरमा उद्‍घाटन गर्दै उहाँले समावेशी प्रतिनिधित्वका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

वर्तमान परिस्थितिको निकासका लागि राजनीतिक दलहरु सक्षम नरहेको भन्दै उहाँले यही ढङ्गबाट देश अगाडि नबढ्ने बताउनुभयो । संविधान कार्यान्वयन हुन दलहरु नयाँ ढङ्गबाट सङ्गठित रुपमा अगाडि बढ्नुपर्ने भन्दै उहाँले नयाँ शक्ति निर्माण अभियान उत्पीडित, सीमान्तकृत र लोपोन्मुख जातिको उत्थानका लागि भएको बताउनुभयो ।

नयाँ शक्ति निर्माण अभियानका संयोजक समेत रहनु भएका भट्टराईले भन्नुभयो “उत्पीडित, सीमान्तकृत र लोपोन्मुख जातिको उत्थानका लागि पार्टी घोषणा भएदेखि नै हामी लागेका छौं ।”