सिड्नी । अस्ट्रेलियामा रहेको लेवर पार्टीबाट नेपाली मुलका आलेक्स कार्कीले सांसदको उम्मेदवारी पाएका छन् ।
लेवर पार्टीबाट कार्कीले केलीभिलका लागि उम्मेदवारी पाएको गत डिसेम्बरमा नै घोषणा भएको थियो । तत्पश्चात उनले अहिले उम्मेदवारीको प्रचार प्रसार र उम्मेदवारको कोष जुटाउने अभियान स्वरुप कार्यक्रम समेत सुरु गरेका छन् ।
क्याम्पियन फन्ट रेजिङ ईभेन्ट कार्यक्रम सगैं आफुले अन्य विभिन्न आन्तरिक तैयारीका काम समेत सुरु गरेको कार्कीको भनाई छ । कार्यक्रममा प्यारामाटाका फेडरल एमपी डाक्टर एन्ड्री चाम्प्लेले आलेक्स कार्कीको उम्मेदवारी चयन कसरी भयो भन्ने बारेमा प्रष्टाएका थिए ।
कार्यक्रममा हिल्सको अप्पर हाउसको पिट्टर प्रिगं रोस, हिल्स काउन्सिलको काउन्सिलर रायन ट्रेसी, एनआरएनए आईसीसी उपाध्यक्ष होम पाण्डे, एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, उपसयोंजक सुकृति भट्ट, ओएनएफ उपाध्यक्ष रमेश पाण्डे, ओएनएफ ओसियाना ईन्चार्ज डाक्टर विनोद श्रेष्ठ, आईसीसी एक्जुकेटिभ मेम्बर शिशिर नेपाल, ओएनएफ अस्ट्रेलियाका अध्यक्ष प्रकाश पन्थी, एनआरएनए युवा अभियान्ता डिला खरेल, जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष प्रेम सापकोटा लगायत नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सांसदमा उम्मेदवारी पाए पश्चात लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै कार्कीले आफुले नेपाली पुस्ताले केही गर्नुपर्ने भन्ने उद्धेश्यले पार्टीमा काम गरेको र आफ्नो ईमान्दारीताको कदर गर्दै उम्मेदवारी चयन गरेकोमा खुसी लागेको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपाली आवाजलाई समेटेर सदनबाट पनि गुञ्जिनुपर्ने अभिप्रायले आफु सांसदको उम्मेदवार बनेको भन्दै आफुले सक्दो पहल गर्ने बताए । त्यस्तै उनले आफुले नसकेमा आगामी पुस्ताका लागि समेत उदाहरण र मार्गदर्शन बन्ने स्पष्ट पारे ।उक्त अवसरमा ७ सय मिलियन डलरको अस्पताल बनाउने घोषणा समेत गरिएको थियो ।






