चार्ल्टन समाज यूकेमा पहिलो महिला अध्यक्ष बनिन् रेखा खरेल,अरु क–कस्ले पाए जिम्मेवारी ?

शिब भण्डारी

लण्डन ।नेपालीहरुको उल्लेख्य बसोवास रहेको चार्ल्टन नेपाली समाज यूकेमा पहिलो पटक महिला अध्यक्षको रुपमा रेखा खरेल चयन भएकी छन् ।

आइतबार चार्ल्टनस्थित मेरिडियन स्पोर्ट क्लबको सभाहलमा सम्पन्न अधिबेसनले खरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।समाजले एक कार्यक्रमका बिच २०२१–२०२३ का लागी नयाँ कार्यसमिती चयन गरेको हो।

जसको उपाध्यक्षहरुमा प्रकाश कण्डेल र सीता अर्याल, महासचिब टि.एन.रिजाल, सचिब आनन्द लोहनी, कोषाध्यक्ष राम पाण्डे, सहकोषाध्यक्ष दिल जि.सि तथा सदस्यहरुमा माधब श्रेष्ठ, सिता ढकाल, धन बहदुर लामा,दान माया माहर्जन, बसन्त खनाल, कृष्ण भण्डारी, स्मारिका पाण्डे, किरण सापकोटा चयन भएका छन् ।

कार्यसमितीको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुदै अध्यक्ष बनेकी र पेशाले नर्स समेत रहेकी रेखा खरेल पहिलो पटक चार्ल्टन नेपाली समाजको अध्यक्षको रुपमा निर्वाचित भएकी हुन् । समाजसेवाको अग्रपंक्तिमा रहेर काम गर्ने उनले एक संस्था हाँक्ने जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै संस्थाले निर्दिष्ट गरेका लक्ष्यहरु पूर्ति गर्नमा निरन्तर लाग्ने बताएकी छन्। खरेलले महिला शसक्तीकरणको क्षेत्रमा आफूले अझैं बढी सक्रिय हुँदै नेपाली महिलाहरुको अधिकार स्थापित गर्न अडिग हुने समेत अध्यक्ष खरेलले लण्डन नेपाल न्यूजसँग बताइन् ।

चार्ल्टनमा सञ्चालन भइरहेको नेपाली भाषा कक्षालाई अझै परिमार्जन गरेर नयाँ ढङ्गबाट पठनपाठन गराउने लक्ष्य राखेकी उनले बेलायतमा जन्मिएका नयाँ पुस्ताहरुको निम्ती नेपाल र नेपालीसँग सम्बन्धिन विभिन्न कार्यक्रम तथा तालिमहरु सञ्चालन गरेर कला संस्कृतिको पुस्तान्तरणको अभियान चलाउने समेत प्रतिबद्धता व्यक्त गरेकी छन् ।समाजले हरेक बर्ष नेपाली कला संस्कृतिको संरक्षण गर्नमा निकै अग्रसर हुँदै आएको छ ।

हरेक बर्ष नेपाली नयाँ बर्षको कार्यक्रम,ओपन बार बि क्यू ,दशैं तिहार तथा तीज विशेष कार्यक्रमहरु गर्दै आएको यस समाजले नेपाल र नेपालीको कल्याणको निम्ती निरन्तर कामहरु गर्ने ” उनको भनाइ छ।

त्यस्तै अधिबेसन सफल बनाउन चार्ल्टन नेपाली समाज विधान समितिको संयोजकमा फडिन्द्र भट्टराई तथा सदस्यहरुमा टंक कण्डेल र गंगा खरेल रहेका थिए ।

नयाँ कार्यसमिचि चयन गर्न होम शर्मा संयोजक रहेको निर्वाचन समिति गठन गरिएको थियो । जसको आयुक्तहरुमा नरेन्द्र कण्डेल, दाँसु पाण्डे, सुरज के.सी, रोमनाथ पाण्डे रहेका थिए ।

साधारण सभामा संस्थापक अध्यक्ष सुरज के.सी, पूर्वअध्यक्षहरु रोमनाथ पाण्डे, टंक कण्डेल,निबर्तमान अध्यक्ष कृष्ण खरेल,पशुपति मन्दिर बेलायतका ट्रष्टि संयोजक कर्ण शाही,नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुब राज अर्याल गल्कोट समाज यूकेका अध्यक्ष भोजराज कण्डेल,पाचाँ पुच गुठी साउथ ईष्ट लण्डनका अध्यक्ष माधव श्रेष्ठ, समाजकी सल्लाहकार मुना सापकोटा, समाजसेवी तुलसा शर्मा लगायतको उपस्थिती रहेको थियो ।

निबर्तमान अध्यक्ष कृष्ण खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको निबर्तमान समितिका सचिव राजु न्यौपानेले संचालन गरका थिए ।