भक्तपुर, १६ फागुन । उद्योगमन्त्री महेश बस्नेतले व्यवसायीलाई बन्दको विपक्षमा लाग्न आग्रह गर्नुभएको छ । युवा उद्यमशीलता तालिमका सहभागीलाई आज यहाँ प्रमाणपत्र वितरण गर्दै उहाँले युवा, व्यवसायी कोही पनि बन्दको पक्षमा नभएकाले आन्दोलनको नाममा गरिने सबैखाले बन्दको विपक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री बस्नेतले युवालाई स्वदेशमै अवसर र रोजगारको व्यवस्था गर्न सरकार सधैँ क्रियाशील छ भन्दै नेपाली युवाले विदेशमा जस्तो पनि काम गर्ने तर स्वदेशमा बसेर काम गर्न लाज मान्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो । घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने औँल्याउँदै उहाँले स्वदेशी उत्पादनलाई अगाडि बढाउने गरी सरकारले नीति ल्याउन लागेको जानकारी दिनुभयो ।
व्यवसायीलाई बन्दको विपक्षमा लाग्न आग्रह






