नयाँ संविधानमा धर्म निरपेक्षता हुँदैन : ओली

Chairman of CPN (UML) KP Sharma Oli delivers remarks during a program organize on the occasion of the 37th memorial day of the founder general secretary of the Communist Party of Nepal Pushpa Lal Shrestha held on Thursday at Kritipur. Photo: Kumar Shrestha, RSS

एमाले अध्यक्ष केपी ओलीले नयाँ संविधानमा ‘धर्म निरपेक्षता’ राख्‍न आवश्यक नरहेको बताएका छन् । ओली निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, नयाँ संविधानमा ‘धर्म निरपेक्षता’ राख्‍न आवश्यक छैन। यसलाई हटाए हुन्छ । यो हट्छ पनि ।’ उनले धर्म निरपेक्षताविरुद्ध व्यापक जनमत आएको स्वीकार्दै ओलीले भने, त्यतिबेला हतारमा यो शब्द पर्‍यो। उपयुक्त होइन। ओलीले अब तीज अगाडि नै संविधान आउने बताउँदै भने, ‘तीज अगाडि नै संविधानको मिठाइ खान पाइनेछ।’ भदौं ३० गते हरितालिका तीज परेको छ । सुझाव संकलनमा विरोध, गुनासा र असन्तुष्टी आउनु स्वभाविक भएको बताउँदै उनले भने, नयाँ संविधान बनाउँदा अलिअलि विरोध, गुनासा र असन्तुष्टी आउँछन्। यसमा अचम्म मान्नु पर्दैन। जयजयकार होस् भनेर जनतामा मस्यौदा पठाएको होइन।’ उनले सकेसम्म सबैलाई समेटेर संविधान बनाउने कोसिस भइरहेको बताए। निर्वाचित प्रधानमन्त्री एमालेको अजेन्डा भएको उल्लेख गर्दै उनले भने, तर सहमतिमा संविधान बनाउनु पर्दा त्यसमा सम्झौता भएको हो।हामीले अजेन्डा  छोडेका छैनौं।