कमल थापा भए उपप्रधान तथा स्थानीय विकास मन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

प्रधानमन्त्रीले राप्रपालाई दुई मन्त्रालय दिँदै सत्तासाझेदार बनाउन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । राप्रपाकै दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । मन्त्रीको सपथ भने शुक्रबार हुनेछ ।

पर्यटनमन्त्री यसअघि कांग्रेसका जीवनबहादुर शाही थिए भने स्थानीय विकास मन्त्री माओवादीका हितराज पाण्डे थिए । यसअघि राप्रपाका तर्फबाट दीपक बोहरा र विक्रम पाण्डे अहिलेको मन्त्रिपरिषद्‍मा सहभागी छन् ।