चिकित्सक संघले घोषणा गरेका सबै आन्दोलन फिर्ता

काठमाडौं– नेपाल चिकित्सक संघले यसअघि घोषणा गरेका आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएको छ ।

संघले प्रा. डा. गोविन्द के.सी. चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेको २७ औं दिनमा नेपाल सरकारले माग सम्बोधन गरी अनसन तोडाइएकोमा सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै डा. के.सी.को जीवन रक्षाका सम्बन्धमा संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।

संघले हिजोमात्रै विज्ञप्ति निकालेर सवै सवस्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने जनाएको थियो ।