काठमाडौं । बागलुङ जिल्ला बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गुल्मी बाट जुग्जा खोला कुल पुजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जीप बागलुङ वडीगाड गाउँपालिकामा दुर्घटना हुँदा ९ जना महिला ४ जना पुरूष र १ बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झपिन्द्र भट्टराईले ले बताए । दुर्घटनामा मृत्यु हुनेहरूको नाम खुल्न सकेको छैन । घाइतेहरूलाई उपचारको लागि हेलिकप्टरबाट पठाउने तयारी भइरहेको भट्टराईले बताए ।






