लण्डन । गैरआवासीय नेपाली संघको अभियानमा विगत १४ वर्षदेखि क्रियाशिल एक जना बुद्धिजिवी डा. हेमराज शर्माले एनआरएनए महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार सांझ अल्डरसटमा एक पत्रकार सम्मेलन गरि गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक डा. शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
विधान समितिका संयोजक शर्माले अग्रजहरुको सल्लाहपछि एक्जुकेटिभ पदमै काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको जनाए । एकेडेमिक करिअरसंगै सोसाइटीसंग जोडिरहने इच्छाले कार्यकारी पदमा आफ्नो आकांक्षा रहेको शर्माको प्रष्टोक्ति छ ।
पत्रकार सम्मेलनमा शर्माले आफ्नो ७ निर्देशक सिद्धान्त (मन्त्र) प्रस्तुत गर्दै प्रतिवद्धता सार्वजनिक गरे । ति मन्त्रमा सबैको एनआरएनए, सवल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएनए र उत्तरदायी र पारदर्शी एनआरएनए छन् ।
गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउंदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुंदैछ ।






