लन्डन – नेपाली जन सम्पर्क समिति बेलायतले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न लन्डनमा पनि श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।
बेलायतस्थित कांग्रेस नेता तथा पण्डित चिरञ्जीवी ढकालले हिन्दू परम्पराअनुसार कोइरालाको चीरशान्तिको पाठ गरेका थिए । ग्रीन्फोर्ड स्थित सिविल इञ्जिनिएर पब (ब्लु आर्किड रेस्टुरेन्ट) को सभा हलमा आयोजना गरिएको अन्त्येष्टि कार्यक्रममा जनसम्पर्क समिति बेलायतका युवा नेता तथा महासमिति सदस्य शान्तविनोद लामिछाने, सचिव विश्व घिमिरे, क्षेत्रीय सभापति सूय नेम्वाङ,सल्लाहकार महेश दाहाल, उपसभापति विजन भट्ट,कांग्रेस नेतृ कुमारी गुरुङ,नेविसंघ यूकेका कार्यवाहक अध्यक्ष गणेश दाहाल बिकाश सापकोटा, इञ्जिनियर राम जी पहरी , घनश्याम गिरि नेपालिज वुमन हेल्पिङ्ग हेन्ड्सकी अध्यक्ष तारा पौडेल,पत्रकार मिलन शर्मा, कांग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक एवं बेलायतवासी नेपालीको उपस्थिति थियो ।
कार्यक्रमको संयोजन कांग्रेस विदेश विभाग सदस्य विज्ञान प्रसाईंले गरेका थिए ।
यसैबीच जनसम्पर्क समिति बेलायतले १३ अैंक पुण्य तिथिका दिन २१ फेब्रुअरीमा दिउँसो १२ बजे श्रद्धाञ्जलि कार्यक्रम तथा अधिवेशन पनि आयोजना भएकाले सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्यलाई अपिल गरेको सचिव विश्व घिमिरले जानकारी दिए ।![12661928_10208611734675912_5123281171199469308_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12661928_10208611734675912_5123281171199469308_n1.jpg)
![12736002_10205683923646214_1746631932_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12736002_10205683923646214_1746631932_n1.jpg)






