लण्डन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न लण्डनस्थित नेपाली दूतावासमा शोकपुस्तिका राखिने भएको छ ।
परराष्ट्र मन्त्रालयले विदेशस्थित नियोगहरुलाई गरेको निर्देशनवमोजिम नै लण्डन दूतावासले विहिबार र शुक्रबारका दिन शोकपुस्तिका राख्ने भएको हो ।
कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार दुवै दिन बिहान ९ देखि १ र दिउंसो २ देखि सांझ ५ बजेसम्मको समयमा शोकपुस्तिकामा हस्ताक्षर गर्न सकिनेछ ।
दूतावासले बेलायतस्थित सबै इच्छुक नेपालीहरुलाई दूतावास पुगेर शोकपुस्तिकामा हस्ताक्षर गर्न आव्हान गरेको छ । दूतावासले बेलायतस्थित विभिन्न मुलुकका दूतावास तथा बेलायत सरकारलाई समेत पत्र पठाएर शोकपुस्तिकाबारे जानकारी गराइसकेको कार्यवाहक राजदूत क्षेत्रीले जानकारी दिए ।
दूतावास स्रोतका अनुसार सम्पुर्ण नेपालीहरुका लागि कन्सुलर शाखामा शोकपुस्तिका राखिनेछ भने विदेशी कुटनीतिक पाहुनाहरुका लागि छुट्टै स्थानमा अर्को पुस्तिका रहनेछ ।
यसअघि विदेशस्थित सरकारी नियोगहरुमा तीन दिनसम्म शोकस्वरुप राष्ट्रिय झण्डा आधा झुकाउने सरकारी निर्णयअनुरुप लण्डन दूतावासमा पनि मंगलबारदेखि आधा झण्डा झुकाइएको छ






