लण्डन । नेपाली वेलफेयर सोसाईटी युकेको प्रथम बैठक गत शनिबार २८ डिसेम्बरमा बस्यो । बैठक लण्डनस्थित हन्स्लो स्पोर्टस् क्लवमा बसेको थियो । सोसाइटी गत २४ नोभेम्बर सन् २०१९ मा गठन भएको हो ।
कार्यसमितिको पहिलो बैठकले समाजका सक्रिय सदस्यहरु श्यामबहादुर सार्की, हरिशचन्द्र नेपाली, उदी नेपाली, लालबहादुर नेपाली, हेमलाल सार्की, दिलबहादुर सार्की, रामबहादुर नेपाली(१), रामबहादुर नेपाली (२), गोपालसिंह नेपाली र गंगाबहादुर सार्कीलाई समाजको सल्लाहकारमा चयन गरेको छ । त्यस्तै, दिल नेपाली र संजय नेपालीलाई कार्यसमितिको सदस्यमा चयन गरेको छ ।
बैठकले दशैं तथा तिहार र नेपाली नयाँ बर्ष मनाउने, वेभसाईट निर्माण गर्ने, विधान लेखन, लेटरहेड तथा लोगो बनाउने, कोष संकलन गर्ने, समाजको सदस्यता वृद्धि गर्ने, परोपकारी कार्यहरु गर्ने लगायतको निर्णय गरेको छ ।
त्यस्तै, बैठकले आगामी १२ अप्रिल २०२० आइतबारका दिन एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली नयाँ बर्ष २०७७ साललाई मनाउने र आगामी ४ अप्रिल २०२० का दिन कार्यसमितिको दोस्रो नियमित बैठक बस्ने निर्णय गरेको छ ।
नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष पूर्णबहादुर नेपाली, महासचिव शर्मिला नेपाली, कोषाध्यक्ष थम सार्की, सचिव सम्शेर नेपाली, सह–कोषाध्यक्ष किरण नेपाली र सदस्यहरु धर्मेन्द्र बौडेल, आशादेवी रोका, बुद्धि नेपालीको उपस्थिति रहेको थियो । त्यस्तै, वरिष्ठ सल्लाहकार गोपाल रोका, साधारण सदस्य गंगा रोका र अरमण बौडेलको समेत बिशेष उपस्थिति रहेको थियो ।






