विभेद नै सामाजिक बिचलन कारक र समृद्धिको बाधक

समित केसी
शोभावैले सामाजिक या आर्थिक हैसियतसँग भाकलको प्राप्ति पछि पुन फरक इच्छा वा आवस्यकता को चाह हुनु नै मानबताको सोभाबिक गुण हो। कतिपय अवस्थामा आफ्ना हरेक्ताको प्राप्ती या असफलता पश्चात् अरुको मेहनत या प्रगतिमा डाह या ईस्या गर्नु मानबताको सबैभन्दा ठूलो दोस या भुल हो। जस्का कारण परिवार या समाजमा धेरै खाले बिचलन आइरहेको पाहिन्छ ।

ज्ञान या बिध्धत्व को प्राप्ति र प्रगति अथवा सङ्घर्सको असफलता पछि ।हर्ष या बिस्मात ले मन लाई सम्हाल्न नसक्दा पारिवारिक या सामाजिक बिचलन आउने गर्दछ। सोदेश मा भन्दा प्रवासमा यश खाले समस्या छिटो र धेरै हुने गरेको पाहिन्छ। जस्तो कि पारिवारिक मेल नहुनु या समाजमा प्राप्त सामाजिक हैसियत आफ्नै कारण जोगाउन नसक्नु ।कारण कतिपय अवस्थामा सहि वा सत्यका पछ्यमा तत्काल सोनिर्णय लिन नसक्नु पनि एक हो। हामी ठुला ठुला कर्म गर्छौ तर ससाना ब्यवहार मा चुक्दा प्राप्त प्रतिष्ठा र हैसियत गुमाउन पुग्छौं ।

जस्तो पहुँच र पावर मा पुगेका राजनैनिक ब्याक्तित्व स सिद्दी प्राप्त गरेका साधुसन्तहरु यस्ता कयन उदाहरणहरू समाजमा प्रसस्त छन् । जब सासक भक्षेक बन्छ र साधु राक्षस बन्छ,तब सामान्य परिस्थितिले तरलता को रूप लिन्छ । यसले सिङ्गै समाज र समुदायलाई अराजकता र सङ्कट तर्फ धकलिरहेको हुन्छ । हामी सबै निति नियम र कानुनको परिधिभित्र छौँ ।तर टाठा बाठा र अगुवा बाटनै बिधिको धज्जि उडाईयको छ। ञसानालाई एैन ठुलालाई चैनझ समाजको तल्लो तहबाट माथिल्लो तह सम्म यश को प्रभाव ले गर्दा स विभेद बाट अझै निस्चित बर्ग र समुदायले मुक्ति पाउन सकेको छैन।जबसम्म समुदायमा कुनै पनि नामको विभेद रहन्छ ,त्यो समाजले कहिल्यै पनि अग्रगामी परिवर्तनको फड्को मार्न सक्दैन। बर्ग,लिङ्ग ,जाति,भाषा र धर्म भित्रको विभेद नै समृद्धि को बाधक हो ।

अहमता र कुनै पनि नामको विभेद रहित समुदाय र समाज का कारण नै मुलुक समृद्ध बन्ने गर्दछ। कयन पश्चिमा देशहरु लाई उदाहरण का रूपमा लिनसकिन्छ। विभेद र अहम् ताले मानिस मा स्वार्थ र ईर्ष्या ञडाहाझ पैदा गर्दछ,जस्को प्रत्यक्ष प्रभाव छिमेकीको प्रगति र समाज को बिकाश मा पर्दछ । अनि खुट्टा तान्ने र भत्काउने प्रवृत्तिका कारण उत्पन्न सामाजिक अराजकता ले समृद्ध समाजको यात्रा लाई रोक्ने गर्दछ। अनेकतामा यकता को मार्गलाई पछ्याउन सके, सोदेश हो या बिदेश छिमेकीको प्रगतिमा रमाउन सके कुनै पनि नाम को बिभेदका बिरूद्दमा आवाज उठाउन र अहमता र स्वार्थ त्यागेर सामाज या समुदायको हितमा जुट्न सकेमात्र,समृद्धिको यात्रालाई टुंगोमा पुर्याउन सकिन्छ ।यसका निम्ति सम्पुर्ण मनहरू एक हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *