न्यू साउथ वेल्समा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ३ देखि ५ महिनासम्म निःशुल्क आवास सुविधा

तक्दीर अधिकारी
सिड्नी ।  न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीले निःशुल्क ३ देखि ५ महिनासम्म आवास सुविधा पाउने भएका छन् ।   एनएसडब्लु सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई यो सुविधा उपलब्ध गराएको छ । सरकारले त्यसका लागि २० लाख डलर बजेट विनियोजन गरिसकेको सिसाका पूर्वअध्यक्ष तथा स्टुडेन्ट जब अस्ट्रेलियाका सहसंस्थापक विजय सापकोटाले जानकारी दिए ।

जागीर गुमाएर समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि स्टुडेन्ट जब अस्ट्रेलिया, बिभिन्न विद्यार्थी नेताहरु र अन्तर्राष्ट्रिय विद्यार्थी सरोकारवालाहरु ले सयूक्त सरकारसँग लबिङ गरेका थिए । सहसस्थापक सापकोटाका अनुसार सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आवास सुविधा दिने घोषणा  गरेको हो । जागीर गुमाएका विद्यार्थीका लागि यो कार्यक्रमले धेरै राहत पुग्ने सापकोटाले बताए ।

आफू बसेको घरमा ‘यदि तिमी भाडा तिर्न सक्दैनौं भन्ने घरबाट निस्क’ भन्ने घरबेटीले पठाएको टेक्स म्यासेजको
आधारमा पनि विद्यार्थीले यो सुविधा प्राप्त गर्नेछन् । सहसंस्थापक सापकोटाका अनुसार रोजगारी गुमाएका विद्यार्थीले ३ देखि ५ महिना आवास सुविधा पाउने छन् । रोजगारी गुमाएर फुर्सदमा रहेका विद्यार्थीले निःशुल्क बस्न पाउने छन्, भने उनीहरुले नयाँ ठाउँमा होलिडेको महसुस हुनेछ । जसले गर्दा कोरोना संक्रमणले दिएको तनाबबाट मुक्त हुन सहयोग बन्ने सापकोटाले बताए ।

‘लामो समय देखी सरकारसँग अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सहयोगको माग गरिरहेका थियौ गत महिना सरकारले घोषणा ग¥यो,  सहसंस्थापक सापकोटाले भने  तर नेपाली विद्यार्थीको निवेदन एकदमै थोरै परेको छ ।’ नेपाली विद्यार्थीको निवेदन बढाउनका लागि विभिन्न कार्यक्रम आफूले सञ्चालन गरिरहेको सापकोटाले बताए ।

अस्ट्रेलियन सरकारले  हाउजिङ कम्पनी सँग मिलेर काम गर्दैछ । आवास सुविधा अस्ट्रेलियन मापदण्डअनुरुप हुन्छ । सिड्नीमा मात्रै झन्डै २ लाख ८२ हजार अन्तर्राष्ट्रिय विद्यार्थी रहेको अनुमान छ । त्यसमा ४० हजार जति नेपाली विद्यार्थी रहेको अनुमान छ ।

आउँदो बुधवार यस विषयमा न्यू साउथ वेल्स राज्य स्टडीका निर्देशक पिटर म्याकीसँग  मापदन्ड साथै सुबिधा लिने प्रकृयाको बारेमा  विस्तृत छलफल हुने सापकोटाले जानकारी दिए । उक्त कुराकानीका क्रममा विद्यार्थीको थप जिज्ञासा भए त्यसै बेला सोध्न मिल्ने  र  धेरै भन्दा धेरै नेपाली बिद्यार्थीहरु लाई सभागी हुन अनुरोध गरेका छन।

आवासको आवश्यकता हुनेले यो लिंक क्लिक गर्नुस् 

https://bit.ly/3et0XvX

(तस्बिर : स्टडी एनएसडब्लु)