काठमाडौं- दोहोरी कलाकार यूरोपमा पनि संगठित भएका छन् ।
कलाकारहरुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूरोप शाखा गठन गरेका छन् । स्पेन निवासी लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटाको अध्यक्षतामा युरोप शाखाको तदर्थ समिति गठन भएको हो । युरोपका बिभिन्न मुलुकहरुबाट शनिबार पोर्चुगलको लिस्बन पुगेका लोक दोहोरी कलाकारहरु मिलेर शाखा गठन गरेका छन् ।
युरोप शाखाको बरिष्ठ उपाध्यक्षमा भगवान भुजेल चयन भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा नबिन भट्टराई र द्वितीय उपाध्यक्षमा पूर्ण अर्याल सर्बसम्मत चयन भएका छन् । यस्तै महासचिबमा शिब सुबेदी चयन हुँदा सचिवमा दिपक बुढाथोकी, कोषाध्यक्षमा बिनिता लामिछाने र सह कोषाध्यक्षमा शम्भु सिलवाल चुनिएका छन् ।
युरोप शाखाका सदस्यहरुमा सुवासचन् पुन, ईमानसिंह बुढा मगर, अनिता राना, सिता सुवेदी, रुक्मिणी भट्टराई, भुवन अछामी, कुल मगर, तेज गाहा मगर, लालमती गुरुङ, दुर्गा थापा, बिनोद भण्डारी,लिल गुरुङ, अंकिता मगर, आशिष परियार, प्रेम गुरुङ र विनोद मगर सर्बसम्मत चयन भएका छन् ।






