बेलायतमा मिस नेपाल सुबिनलाई सम्मान

बेलायतमा रहेका पाँचथरका युवाहरुले मिस नेपाल सुबिन लिम्बुलाई भब्य समारोहकाबीच सम्मान गरेका छन् । यस वर्षको मिस नेपालको उपाधि चुमेर बेलायत पुगेकी लिम्बुलाई सम्मानका अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो ।
अंग्रेजी नयाँवर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा पाँचथरको सारताप उच्च माध्यमिक विद्यालयका लागी आर्थिक संकलन समेत गरियो । बेलायतमा रहेका सयौं नेपालीहरु कार्यक्रममा उपस्थित थिए । सारताप उच्च माविको सहयोग संकलनमा जुटेका समाजसेवी एकराज नेम्बाङको अगुवाइमा भएको कार्यक्रममा मिस नेपाल लिम्बुले विद्यालय जस्तो पवित्र स्थलको सहयोग संकलन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरिन । कार्यक्रममा मिस युके निया देवानको पनि उपस्थिति थियो ।
कार्यक्रममा मिलन लामा, दौलत राईलगायत स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका  थिए । विद्यालयका लागि करिब दुई लाख रुपैया आर्थिक संकलन भएको संयोजक एकराज नेम्बाङले जानकारी दिए । कार्यक्रमका अवसरमा नेम्बाङले सबै नेपालीहरुलाई सम्मान गर्न सक्ने संविधान निर्माणका लागी दबाद दिन आवश्यक रहेको बताए । उनले सबै गोर्खालीहरुलाई राज्यले नागरिकता लगायतका सेवा सुविधाहरु उपलब्ध गराई समान व्यावहार गर्नुपर्ने माग राखे । कार्यक्र सारताप उच्च मावीका पूर्व विद्यार्थी समाजले आयोजना गरेको हो ।