रंगेली घटना छानबिन आयोग बन्दैनः गृहमन्त्री

shakti basnet
काठमाडौं– गृहमन्त्री शक्ति बस्नेतले मोरङको रंगेलीमा भएको घटनाबारे छानविन आयोग गठन गर्ने समबन्धमा सरकारले कुनै सोच नबनाएको बताएका छन् ।

‘रंगेली घटनाबारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ, तर छानबिन आयोग नै बनाउने कुनै सोच बनिसकेको छैन्,’ गृहमन्त्री बस्नेतले बिहीबार बिराटनगरमा भने ।

गत माघ ७ गते मोरङको रंगेलीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको थियो । घटनापछि मोर्चाले छानबिनका लागि उच्चस्तरिय न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्दे आएका छन् ।