काठमाडौं- काठमाडौँबाट पोखरातर्फ जाँदै गरेका एमाओवादी सांसद महेन्द्र शाही घाइते भएका छन् ।
बा८च ७५९१ नंको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा तनहुँको घाँसीकुवा गाविस-२ देउरालीमा सांसदसहित चार जना घाइते भएका छन् ।
दुर्घटनामा परी सोही स्थान निवासी १८ वर्षीया माधुरी मगरको टाउको र ढाडमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी सोही स्थान निवासी १६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते चारैजनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तत्कालै पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।






