व्यापारीले लखेटेपछि नक्सौल नाकामा तनाव, मोर्चाका कार्यकर्तामाथि बम प्रहार

nakaकाठमाडौं- वीरगञ्जस्थित रक्सौल नाकामा रहेको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तामाथि पेट्रोल बम प्रहार गरिएको छ।

भारतीय नाकाबाट नेपाल प्रवेश गरेका १५-२० जनाको समूहले मोर्चाका कार्यकर्तामाथि पेट्रोल बम प्रहार गरेको हो। त्यसअघि आन्दोलनकारी र भारतीय सीमातर्फबाट नेपाल प्रवेश गरेका १५-२० जनाको समूहवीच झडप भएको थियो। झडपपछि रक्सौल नाकाको स्थिति तनावग्रस्त भएको छ।

धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तालाई बुधबार बिहान १० बजेतिर भारतीय सीमाबाट नेपाल प्रवेश गरेको १५-२० जनाको समूहले आक्रमण गरेपछि दुई पक्षबीच झडप भएको पर्सा प्रहरी प्रमुख राजुबावु श्रेष्ठले जानकारी दिए। झडपमा दुर्इजना मोर्चाका कार्यकर्ता घाइते भएका छन्।