ऐश्वर्याले रणबीरसँग चुम्बन गर्न मानिनन्

aish-ranabir

मुम्बई । बलिउड सुन्दरी ऐश्वर्या रायले रणबीर कपुरसँग चुम्बन गर्न नमानेपछि निर्देशक करण जौहर तनाबमा छन् ।

नयाँ फिल्म ‘ए दिल है मुस्किल’ बनाएका जौहरले यस फिल्ममा ऐश्वर्या र रणबीरलाई मुख्य भूमिकामा अभिनय गराएका छन् । चलचित्रमा अर्की नायिका अनुष्का शर्माले पनि अभिनय गरेकी छिन् । सन २०१६ मा यो फिल्म रिलिज हुने भएको छ ।

ऐश्वर्याले रणबीरसँग चुम्बन गर्न अप्ठयारो भएको भन्दै निर्देशक जौहरसँग चुम्बन गर्न नसक्ने जानकारी गराएकी थिइन् । ऐश्वर्याले नसक्ने भनेपछि निर्देशक जौहरले पनि दवाद दिन सकेनन् ।