ट्रयाक्टर पल्टिँदा चारको मृत्यु

सिद्धिचरण नगरपालिका–१ चिलाउने खोप सामुदायिक वनमा आज स १ त ३०४६ नंको ट्रयाक्टर पल्टिँदा चार जनाको मृत्यु भएको छ । सानीटारबाट रुम्जाटारतिर पराल लिन गइरहेको ट्याक्टर सडकबाट ६०० मि तल खस्दा तीन जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल रुम्जाटारमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का दयाराम दाहाल र चालक दाङ्मा शेर्पा, कुइभीरका रवीन अधिकारी तथा माम्खा–८ का अमरबहादुर बस्नेत छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दीपक विशङ्खेको उपचार जिल्ला अस्पताल रुम्जाटारमा हुन नसकेपछि सामुदायिक अस्पताल ओखलढुङ्गा लगिएको छ । मोटरसाइकललाई उछिन्नेक्रममा तीव्रगतिका कारण सडकबाट खसेको अनुमान गरिएको छ । ट्रयाक्टरमा सवार रातमाटे–६ का मनोज बयालकोटी भने हाम्फालेर बाँच्न सफल भएका छन् ।