बन्दरगाहको ढुवानी अवरुद्ध गर्ने ११ जना प्रहरीको नियन्त्रणमा

arrestपर्सा- वीरगन्ज सिर्सिया सुक्खा बन्दगाहको ढुवानी अवरुद्ध गर्न धर्ना बसेका ११ जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट गएको टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी गठबन्धनका नेता कार्यकर्तालाई बिहान १:३० बजे नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

ती नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।